कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ । दक्षिण कोरियाली बजारमा मेदेखि जुलाईसम्म आयातित सामानको मूल्य बढेको पाइएको हो ।
बैंक अफ कोरिया (बीओके) को शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार जुलाईमा आयात मूल्य सूचकाङ्क ११९.७३ थियो र यो अघिल्लो महिनाको तुलनामा ३.३ प्रतिशतको वृद्धि हो । कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मेदेखि लगातार आयात भएका विदेशी सामानमा पनि मूल्य वृद्धि देखिएको हो । एक वर्षको अवधिमा गत महिना यो सूचकाङ्क १९.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा द...