दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट : अर्जेन्टिनाले कोलम्बियालाई हरायो

काठमाण्डाै – दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो । दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।  यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । ...