काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले […]