नेपालगञ्ज – नेपालगञ्ज नाकामा ८ जनालाई काेराेना देखिएकाे छ। भारतकाे विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई काेराेना देखिएकाे नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए। भारतमा काेराेना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा परिरहेकाे छ। नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक नै संक्रमित फेला परेका छन्। संक्रमण देखिएका सिधै घर गइरहेका छन्।