काठमाण्डाै – सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो । निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।