दूर्घटनाको कारण बन्दै इन्टरनेटका बेवारिसे तार, रातमा सवारी चलाउनेहरू जोखिममा, शहर पनि कुरुप

चैत २४, काठमाडौं। बिजुलीको पोलमा राखिएका इन्टरनेटदेखि केबल टेलिभिजनसम्मका बेवारिसे तारहरू अहिले दूर्घटनाको कारण बनिरहेका छन् । रातमा सवारी चलाउनेहरू यस्ता तारमा अल्झिने गरेका छन् । ठूला सवारीले चूँडालेर तार लत्रिएको ठाउँमा त मोटरसाइकलमा यात्रा गर्नेहरू समेत तारमा अल्झिएर दूर्घटनामा परेको देखिन्छ । नियामक निकायले यस्ता वेवारिसे तार छोड्ने सेवा प्रदायकलाई कडा कारबाही गर्न नसक्दा यस्ता तार हटाउनमा सर्भिस प्रोभाइडरले कुनै तदारुकता देखाउँदैनन् । नियामक निकाय दूरसञ्चार प्राधिकरणले समय समयमा सूचना जारी गर्दैं आएपनि प्रभावकारी कदम भने चाल्न सकेको छैन ।   कतै पोलमा, कतै घरका भित्तामा समेत टाँगिएका यस्ता तारले आगालागीको उच्च जोखिम रहेको छ । यति मात्रै नभई यस्ता तार पोलको यति तल्लो भाग सम्मै झुण्याइएको छकी यात्रुको गलपासो समेत बन्ने गरेका छन् । यसरी तार अलपत्र अवस्थामा रहनुको कारण एउटा मात्रै भने छैन । तालुकदार निकायले नियमन गर्न नसक्नु तथा सेवा प्रदायक कम्पनीको लापर्वाहि पनि मुख्य कारण हो । ईन्टरनेट प्रोभाइडर कम्पनीले नयाँ तार बिस्तार गरेपछि पुरानो तारलाई यत्तिकै छोड्ने भएकाले पनि बिजुलीको पोल मक्किने गरी तारको भार बढेको छ । प्राधिकरणले नयाँ तार राखेपछि पुराना तार अनिवार्य झिक्न नलगाउँदा यो अवस्था आएको हो । त्यस्तै पहिले प्रयोग हुँदै आएका कपर वायर पूरानो भए कवाडीमा विक्री हुन्थे । कवाडीमा विक्री हुने भएकाले त्यो समयमा राम्रै तार पनि चोरी हुने डर हुन्थ्यो । तर, हाल प्रयोगमा रहेको फाइवर केवल भने कवाडीमा पनि बिक्री हुँदैनन् । त्यसकारण अहिले पुरानो तारहरू धेरै जसो बिजुलीको पोलमै र केही बाटैमा छोडिन्छन् । यस्ता तारले सडकमा बस, ट्रक र मालबाहक मिनी ट्रक मात्रै होइन, बाइकमा यात्रा गर्नेहरूले समेत दुःख पाइरहेका छन् ।  यिनै तारका कारण पुराना भएर मक्किएका काठका पोल तथा खिया लागि सकेका फलामे पोलहरू झण्डै-झण्डै पल्टीने अवस्थामा पुगेका छन् । यस्ता पोल जुनसुकै समयमा जो सुकै माथी पल्टीने वा यसबाट ठूलो दुर्घटना हुनसक्ने देखिन्छ । पोल भाडा तिर्ने बिषयमा लफडा गरीरहने सेवा प्रदायकले पोलनै भाँचिने गरी तार जथाभावी झुण्याउँदा नियामक निकाय भने रमिते बनेको छ । हाल नेपाल बिद्यूत प्राधिकरणले तार अण्डरग्राउण्ड संगै डक्टिङको काम पनि संगै गरिरहेको छ । सो लाईन प्रयोगमा नआए सम्म यो समस्या सजिलै कम हुने अवस्था भने छैन । तर, प्रयोग बिहिन भएका केवल टीभीका तार टेलिकमका कफर वायर र ईन्टरनेट प्रदायकले बिभिन्न समयमा प्रयोग गरेका यस्ता तार मात्र हटाउन सके पनि ५० प्रतिशत तारको भार कम हुने सरोकारवालाले बताउँदै आएका छन् ।    नेपालमा १२५ बढि ईन्टरनेट प्रोभाईडर कम्पनी रहेका छन । यसबाहेक केवल टीभी र टेलिफोन लाईन समेत रहेको छ ।  यस मध्ये १५/२० ओटा सेवा प्रदायकले मात्रै ईन्टरनेट र नेटवर्क प्रदायकको अनुमति लिएका छन । तर सबै कम्पनीले आफूखुसी तार टाँगेपनी नियामक निकायले प्रभाबकारी नियमन गर्न नासक्दा शहर कुरुप बन्दै छ भने दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।    

सम्बन्धित सामग्री

यस्तो कुनै शहर नहोस्

आमाको छातीमा हुर्किएको यस्तो कुनै शहर नहोस्  जहाँ अन्तिम साससमेत नसाटिँदै  मृत्युको खबर बन्छ बिरामी समवेदनाको हत्या गर्दै हजारौँ जमात तँछाडमछाड गर्छन् पोस्ट गर्न ‘रिप’  भर्चुअल दुनियाँको रङ्गीन भनिने रंगहीन भित्ताहरूमा ।

नयाँ शहर बनाउन विज्ञसँग परामर्श

३१ भदौ, काठमाडौं । नयाँ शहर आयोजना कार्यालयहरुमा कामकाज गर्नका लागि सरकारले शहर विज्ञहरुसँग परामर्श सेवा माग गरेको छ । विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला […]

भैरहवा बन्ला त फूलैफूलको शहर ?

भैरहवा ऐतिहासिक शहर हो । यसलाई फूलैफूलको शहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ ।

हिमालमा हिमाली शहर

सुर्खेत : आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत कर्णालीका तीन ठाउँमा व्यवस्थित हिमाली शहर बनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको लिमी, हिल्सा र डोल्पाको डोल्पोबुद्धमा व्यवस्थित हिमाली शहर बनाउने बताएका हुन्।भारी हिमपात हुने यी क्षेत्रमा जान र आउन समस्या हुने गर्दछ। यहाँ जान र आउन नै मुस्किल हुने क्षेत्र मध्येमा पर्छन्। हिल्सा नेपाल र चीनको सिमानामा पर्दछ।

उधारोमा जीवन किन्ने शहर हो काठमाडौं

उधारोमा जीवन किन्ने शहर हो काठमाडौं, भाउ होइन दाउ चिन्ने शहर हो काठमाडौं। अपमान र तिरस्कारको जहर पिलाएर,लाखौं स्वप्ना क्षणमै छिन्ने शहर हो काठमाडौं।...

फ्रान्सेली शहर मार्सेइलमा लागुऔषधको डरलाग्दो जालो

काठमाडौँ– फ्रान्सेली शहर मार्सेइल धेरै कारणले चर्चामा छ । पछिल्लो दशक यो शहर फुटबल पारखीका लागि समेत परिचित छ । पुरातात्त्विक र सांस्कृतिक छवि बोकेको फ्रान्सको यो शहर बन्दरगाहको कारण औद्योगिक र व्यापारिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ । केही समययता भने यो शहर बदनाम हुँदैछ । लागुऔषधको कारोबार बढ्दै जानु र यसैका कारण धेरैको ज्यानसमेत […]

'सपनाको आयतन बढेपछि शहर हिँडें'

काठमाडौं : शहर के हो? भौतिक सुविधाले सम्पन्नताको मानक वा मान्छेको भिड? भौतिक सुविधा शहरको विशेषता हो। तर, कतिपयका लागि सपना हो। कतिका लागि जिउने आधार हो। मान्छेको भिड र उनीहरूको सपनाले घेरिन्छ शहर। अवसर र चुनौतीको सार हो शहर।अहिलेका चल्तीका दोहोरी गायक वसन्त विश्वकर्मालाई कुनै बेला शहर अवसरै अवसरको शहर हो भन्ने लाग्थ्यो। गायक बन्ने सपना देखेर उनी वि.स २०७२ को शरद ऋतुको समयमा उनी उपत्यका छिरेका थिए।उपत्यका छिरेकै भोलिपल्टै उनलाई महसुस भयो, 'क्या गज्जबको शहर! क्षमता छ भने यो अवसरै अव

इथियोपियाको कम्बोल्चा शहर विद्रोहीको नियन्त्रणमा

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । टिग्र पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का प्रवक्ता गेटचेउ रेडाले उक्त शहर र विमानस्थल कब्जामा लिएको दावी गरेका छन् । कम्बोल्चा शहर कब्जामा लिएसँगै इथियोपियाली सेना […]

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका […]

अफगानिस्तानको मुख्य शहर सेवरगान तालीवानीको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालीवान बिद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा गएको हो । विद्रोहीको कब्जामा पुगेको यो दोस्रो प्रान्तीय शहर हो । त्यहाँको रक्षा मन्त्रालयका प्रवक्ताले भने सो शहरमा अझै पनि सरकारी सेना तैनाथ रहेको दाबी गर्दै विद्रोहीको कब्जाबाट शहर फिर्ता हुने बिश्वास […]