सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर