काठमाडौं । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १०२ वर्षिय जोशीलाई छाती र पिसाब सम्बन्धी समस्या देखिएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि उहाँलाई आइतबार डिस्चार्ज गरिएको हो ।