शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई दुई दिन आइसीयु र ८ दिन डिलक्स क्याबिनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।