काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो । जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए । उनी १० दिनपछि आज (आइतबार) अस्पतालबाट […]