सोलुखुम्बु - चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे ।
शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् ।
चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।...