सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको तापक्रम माइनस सत्र डिग्री सेल्सियममा झरेको छ। पछिल्लो हिमपातसँगै यहाँ चिसो बढ्ने क्रम जारी छ। तापक्रम माइनसमा निरन्तर झरेपछि खानेपानीका पाइपलाइन तथा धारामा बरफ जम्न थालेको छ। जनजीवन कष्टकर बन्दै गए पनि सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी भने नियमित गस्तीमा परिचालन भइरहेको छ। चौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक […]