काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् ।
त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रह...