झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।
काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।
झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]
काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छैनन्। उद्घाटन समारोहमा राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही सहभागी भएकी छिन्। उनले पार्टीको तर्फबाट मन्तव्य राखिरहेकी छिन्। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए। यसको प्रतिकारमा माओवादी […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...