जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।
यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
यसपटक देशभरका धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्। पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित बनेको छ।
तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथि पुगेको छ।
चर्को घाम लागेका कारण मानिसलाई बाहिर हिँड्न हम्मे छ। गर्मीको मार दैनिक…
२३ जेठ, काठमाडौं । पछिल्ला दिनमा गर्मी बढ्दै गइरहेको छ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ । गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ । सामान्य लापरबाही गर्दा ‘लू’ का कारण मानिसको […]
गर्मीयाम र चर्को घाम एकअर्कासँग अन्तरसम्बन्धित कुरा हुन् । जाडोयामको तुलनामा गर्मीमा घामको पराबैजनी किरणसँगको बढ्दो सम्पर्कले आँखामा विभिन्न खालका समस्या देखिन्छन् । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सिधा किरण आँखामा पर्नबाट बच्न घरबाहिर निस्कँदा सनग्लास लगाउने प्रचलन निकै छ । सनग्लासले घामलाई सिधा आँखामा पर्नबाट जोगाउँछ भने धुलो-धुवाँबाट पनि बचाउँछ । साथै आँखामा […]
काठमाडौं । लाखौं रकम खर्चेर खरीद गरिएको CAR को गर्मी मौसममा हेरचाह गर्नु आवश्यक छ । तर, कसरी गर्ने भन्नेबारे अधिकांशलाई थाहा नहुन सक्छ । जसका लागि एयर कन्डिसनदेखि टायरको प्रेसर र इन्जिन जाँच गर्ने पोर्टेबल टुल्स, कारको छाता र सौर्य फ्यान जस्ता ग्याजेटहरू काममा आउन सक्छन् ।
गर्मी मौसम शुरु भइसकेको छ । देशका धेरै स्थानमा पछिल्ला दिनमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । यो तापक्रममा घाममा पार्किङ गरिएको कार भित्रको तापक्रम भने अझै बढी हुन सक्छ । दिनभर घाममा राख्दा कारमा धेरै समस्या आउन सक्छ । यसले तपाईंको स्वास्थ्यमा पनि नराम्रो असर पार्छ भने मर्मत खर्च पनि बढाउन सक्छ ।
गर्मीमा कारमा यस्ता समस्या आउन सक्छन्
दिनभर घाममा बस्दा गाडीमा आगो लाग्ने, टायरको चाप स्वतः बढ्ने भएकाले टायर फुट्ने हुन सक्छ । चर्को घामको कारणले डिस्कलर हुने, इन्जिन छिट्टै तात्ने हुन सक्छ । कारको केबिन अत्यधिक तातो हुँदा स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस्तो अवस्थामा सवारी साधनलाई चिसो राख्नु जरूरी हुन्छ । गर्मी मौसममा आफ्नो कारलाई यसरी 'मेन्टेन' गर्न सकिन्छ ।
नयाँ सवारी साधनको कुलिङ निकै राम्रो हुन्छ । तर, सवारीसाधन पुराना हुँदै गएपछि र त्यसको ख्याल नगर्दा चिसोपन पनि घट्दै जान्छ । गर्मी मौसममा कारमा एयर कन्डिसनर (एसी) सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि यसले राम्रोसँग काम गरिरहेको छैन भने तपाईंको लागि समस्या हुन सक्छ । त्यसैले एयर कन्डिसनरको मर्मत गर्नुपर्छ ।
सवारी साधनको फिल्टर फोहोर भएमा सफा गर्नुपर्छ र धेरै पुरानो भएमा फेर्नुपर्छ । यसबाट कारको एसी राम्रोसँग चिसो हुन थाल्छ ।
गाडीमा बस्नेबित्तिकै एसी अन गर्नुहुँदैन । पहिले इन्जिन शुरू गर्नुपर्छ अनि मात्रै ब्लोअर चलाउनुपर्छ । यसपछि एक मिनेटको लागि एसी चलाउनुपर्छ, यसले गाडीको कुलिङको गति बढाउँछ ।
AC कन्डिसनर रहेको कारको अगाडिको भाग चिसो पानीले धुनुपर्छ । यसले कार केबिनलाई छिट्टै चिसो पार्न मद्दत गर्नेछ । एसीको कुलिङ पोर्ट पनि समय-समयमा परिवर्तन गर्नुपर्छ । यसबाहेक केबिन फिल्टर सफा गर्दा पनि एसीको चिसोपन बढ्छ ।
गर्मीमा इन्जिनको हेरचाह
गर्मीमा गाडीको इन्जिन छिट्टै तातो हुन्छ । इन्जिनलाई गाडीको 'मुटु' भनिन्छ र यसलाई अत्यधिक तताउनबाट रोक्नको लागि उचित मर्मत आवश्यक पर्दछ । यदि कारको कुलेन्टले राम्रोसँग काम गरिरहेको छैन र इन्जिन आयल कम वा पुरानो छ भने यो इन्जिनका लागि खतरनाक साबित हुन सक्छ । अत्यधिक तातो भएका कारण इन्जिन बिग्रने खतरा पनि हुन्छ ।
इन्जिनको शीतलता सही स्तरमा हुनुपर्छ । त्यसैले यसको स्तर जाँच गरिरहनुपर्छ । रेडिएटर सफा हुनुपर्छ, अन्यथा इन्जिन छिट्टै तातो हुन्छ । कारका अनुसार यसमा सही कुलेन्ट मात्र राख्नुपर्छ ।
इन्जिन आयलको लेभल पनि जाँच्नुपर्छ र समयमै परिवर्तन गर्नाले इन्जिनको आयु बढ्छ । बजारमा धेरै ग्रेडको तेल उपलब्ध छन् । तर, गर्मीमा सही तापक्रम लेभल भएको इन्जिन आयल प्रयोग गर्नुपर्छ ।
गर्मीमा धेरै पटक टायर फुट्ने घटना पनि हुने गरेका छन् । त्यसैले टायरको एयर प्रेसरलाई कायम राख्नुपर्छ । समयसमयमा टायरको प्रेसर जाँच गर्नुपर्छ । टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) पनि आजकल धेरै कारहरूमा नै प्रदान गरिएको छ । यसबाहेक कारका सामान पसल र अनलाइनमा पनि ४ देखि ५ हजार रुपैयाँमा TPMS उपलब्ध छन् ।
कार केबिन चिसो राख्ने केही ग्याजेटहरू
प्राय: ठाउँमा पार्किङस्थलमा छाया छैन । जसका कारण धेरैजसो सवारी साधन घाममा पार्किङ गर्नुपर्ने हुन्छ । यसले ड्यासबोर्ड, सिट र पूरै केबिनलाई तताएको हुन्छ भने विन्डशिल्ड र झ्यालबाट सिधै कारमा सूर्यको किरण प्रवेश गरेको हुन्छ । केही यस्ता ग्याजेटहरू पनि छन्, जसको सहायताले आफ्नो कारलाई चिसो राख्न सकिन्छ ।
१. सोलारबाट चल्ने फ्यान
यो फ्यान सौर्य ऊर्जामा चल्छ । यो कारको कुनै पनि विन्डो वा विन्डशिल्डमा लगाउन सकिन्छ । जब कार पार्क गरिन्छ, यसले केबिनको तापक्रम बढ्न दिँदैन र गर्मीलाई रोक्छ । अनलाइन वा कुनै पनि कार सामान पसलबाट यो उपकरण किन्न सकिन्छ ।
२. सनशेडहरू
गर्मीमा सवारी साधनको विन्डशिल्ड र झ्यालमा सनशेड लगाउनुपर्छ । प्राय: मानिसहरू विन्डोजको लागि सनशेडहरू खरीद गर्छन् । तर, विन्डशिल्डमा ध्यान दिँदैनन् । जब गाडी पार्क गरिन्छ, यी सनशेडहरूले सूर्यको किरणलाई केबिनमा प्रवेश गर्नबाट रोक्छन् र कार तातो हुँदैन ।
३. कार छाता
यो छाता गाडीको माथि राख्न मिल्छ, जुन हामीले ओढ्ने छाताजस्तै हुन्छ । यसले कारलाई छायामा रहन र तातो हुनबाट रोक्छ । तपाईंले आफ्नो गाडी सुरक्षित ठाउँमा पार्क गर्दा यो सहायक उपकरण प्रयोग गर्न सक्नुहुन्छ ।
४. पानी चिसो कुसन कभर
जब कार घरबाहिर कतै पार्क गरिएको हुन्छ विशेष गरी कारमा छालाको सिटहरू धेरै तातो हुन्छन् । यसबाट बच्न बजारमा वाटर कुलिङ कुसन कभर पाइन्छ ।
यी अनलाइन साइटहरूमा २ देखि ३ हजार रुपैयाँमा सजिलै पाइन्छ । तिनीहरूलाई प्रयोग गर्दा, सिट कम तातो हुन्छ।
५. भेन्टिलेटेड सिटहरू
यी सिटहरू कारको सिटमाथि इलास्टिक ब्यान्डमार्फत कभर गरेर राखिन्छन् । यस सिटभित्र एउटा पंखा हुन्छ र त्यहाँ साना प्वालहरू हुन्छन्, जसले गर्दा हावा बाहिर निस्कन सक्छ । सिट फ्यान गाडीमा उपलब्ध १२ भोल्ट पावर सकेटमा जडान गर्न सकिन्छ । गाडीको एसी अन गरेपछि पनि विशेषगरी लामो ड्राइभमा, ढाड र तिघ्रा तातो महसुस हुन्छ । तर, यी भेन्टिलेटेड सिटहरूको मद्दतले त्यहाँ तातो महसुस हुँदैन । यी सिटहरू अनलाइन वा कार एक्सेसरिज पसलहरूमा ४ हजार रुपैयाँमा उपलब्ध छन् ।
कार चिसो राख्ने तरिका
स्टेप-१ : पहिले ड्राइभर साइड गेट खोल्नुहोस् र इग्निशन अन गरेर यात्री साइड विन्डो खोल्नुहोस् । त्यसपछि ड्राइभर साइड गेटलाई पंखाजस्तै यता उता सार्नुहोस् । यसो गर्नाले कारभित्रको हावा छिट्टै बाहिर निस्कन्छ ।
स्टेप-२ : कारमा बस्नुअघि चारै गेट र ट्रंक खोल्नुहोस् । यसपछि एसी फुल अन गर्नुहोस् । यसले कारभित्र तातो हावा बाहिर पठाउन थाल्छ । २ देखि ५ मिनेटपछि कारका सबै ढोकाहरू र कारको केबिन चिसो हुनेछ ।
स्टेप-३ : यदि तपाईंसँग समय छैन भने चार ओटा झ्यालहरू खोलेर केही दूरीसम्म कार चलाउनुहोस् । भित्रको सबै तातो हावा बाहिर आउनेछ । तातो हावा जति छिटो निस्कन्छ, त्यति नै चाँडो केबिन चिसो हुन्छ ।
स्टेप-४ : कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अटो मोडमा राख्नुहोस् । यसले स्वचालितरूपमा हावा प्रवाह कायम राख्छ र एसी कारभित्रको तापक्रम अनुसार चिसो हुन्छ । तापक्रम बढ्यो भने हावाको प्रवाह बढ्छ र तापक्रम बढी भएमा हावाको प्रवाह घट्छ।
स्टेप-५ : जब कारको केबिन चिसो हुन थाल्छ वा अहिले एकदमै चिसो भइसक्यो जस्तो लाग्छ, तब रिसर्कुलेशन मोड अन गर्नुहोस् । यसलाई अन गरेमा कारको एसीले बाहिरको हावा प्रयोग गर्न छोड्छ र कार भित्रको चिसो हावा प्रयोग गर्दछ । यसले कारको केबिनलाई थप चिसो बनाउन मद्दत गर्छ ।
गर्मीमा गाडीमा सिधा प्रवेश नगर्नुहोस् । गाडीको सबै ढोका खोलेर केही बेर पर्खनुपर्छ ताकि भित्रको गर्मी कम होस् । गर्मीमा सडकहरू धेरै तातो हुन्छन्, त्यसैले टायरको चाप कायम राख्नु महत्त्वपूर्ण छ । यदि सम्भव छ भने सधैं टायरमा नाइट्रोजन ग्यास राख्नुपर्ने अटो विज्ञ सुझाव दिन्छन् । यसले सामान्य हावाभन्दा चिसो रहने र टायर तात्न दिँदैन । एजेन्सीको सहयोगमा
काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ
अहिले मौसम परिवर्तन भएर जाडो क्रमशः घट्दैछ र गर्मी आउन लागेको छ । वैशाखमा पूरै गर्मी नहुन्जेल मौसममा परिवर्तन भइरहन्छ ।
बदलिँदो मौसममा सावधान हुनु आवश्यक छ । अलिकति पनि लापरावाही गर्दा बिरामी परिन्छ । के कुरामा ध्यान दिनुपर्छ भनी हामी सुझाव दिँदैछौं ।
कपडा
बिहान बेलुका चिसो नै छ अहिले । यस्तो अवस्थामा आधा बाहुले शर्ट वा टीशर्ट नलगाउनुस् । अहिले झ्याप्पै गर्मीका कपडा निकाल्ने बेला भएको छैन ।
खाना
जाडोमा तातोतातो खानपिउन लाग्छ अनि गर्मीमा चिसो कुरा खान मन लाग्छ । अहिले तत्कालै चिसो कुरा खान नथाल्नु...
गर्मीमा अरु धेरै रोगसँगै छालामा घमौरा पनि देखिन्छ । घमौरा कस्तो खालको संक्रमण हो र यसबाट बच्न के गर्नुपर्छ भनेर साथी विना न्यौपानेले काठमाडौं मेडिकल कलेजका प्राध्यापक तथा छालारोग विशेषज्ञ डाक्टर सविना भट्टराईसँग कुराकानी गर्नु भएको छ ।
घमौरा कस्तो खालको संक्रमण हो ?
घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण ह...