काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ