आउन लाग्यो गर्मी, रोगबाट बच्न यस्ता गल्ती नगर्नुस्

अहिले मौसम परिवर्तन भएर जाडो क्रमशः घट्दैछ र गर्मी आउन लागेको छ । वैशाखमा पूरै गर्मी नहुन्जेल मौसममा परिवर्तन भइरहन्छ ।  बदलिँदो मौसममा सावधान हुनु आवश्यक छ । अलिकति पनि लापरावाही गर्दा बिरामी परिन्छ । के कुरामा ध्यान दिनुपर्छ भनी हामी सुझाव दिँदैछौं । कपडा बिहान बेलुका चिसो नै छ अहिले । यस्तो अवस्थामा आधा बाहुले शर्ट वा टीशर्ट नलगाउनुस् । अहिले झ्याप्पै गर्मीका कपडा निकाल्ने बेला भएको छैन ।  खाना जाडोमा तातोतातो खानपिउन लाग्छ अनि गर्मीमा चिसो कुरा खान मन लाग्छ । अहिले तत्कालै चिसो कुरा खान नथाल्नु...