आफ्ना कर्मचारीको पैसाले अन्तरिक्ष घुमेर फर्किए अर्बपति जेफ बेजोस

अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले आफ्नो रकेटबाट अन्तरिक्षयात्रा गरेर इतिहास रचेका छन् ।  अन्तरिक्षमा पुगेर टेक्ससको मरुभूमिमा मंगलवार फर्किएका बेजोसले यो आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएका छन् ।  यस सफलताका लागि उनले आफ्नो कम्पनीका कर्मचारी र ग्राहकहरूलाई धन्यवाद दिएका छन् ।  उनले भने, ‘म अमेजनको प्रत्येक कर्मचारी र ग्राहकलाई धन्यवाद दिन्छु । मेरो यात्राका लागि तपाईंहरूले पैसा तिर्नुभएको हो ।’ बेजोसले अमेजनको सियाटलस्थित केन्द्रीय कार्यालय नपजक केन्टमा सन् २००० मा ब्लु ओरिजिन स्थापना ग...

सम्बन्धित सामग्री

२०२१ : अन्तरिक्ष पर्यटनको वर्ष

भविष्यको पुस्ताले जब अन्तरिक्ष पर्यटनको इतिहासका बारेमा लेख्नेछ, सन् २०२१ ले एउटा छुट्टै खण्ड ओगटेको हुनेछ । यस वर्षलाई सायद अर्बपतिहरूको वर्ष भनिनेछ । सन् २०२१ मा अर्बपतिहरू जेफ बेजोस र रिचार्ड ब्रान्सन अन्तरिक्षको किनारासम्म पुगेर फर्किए । आफ्नै कम्पनीको निजी अन्तरिक्षयानबाट अन्तरिक्षमा पुग्ने झण्डै २ दशकदेखिको बाचा मात्र उनीहरूले पूरा गरेनन् अन्तरिक्ष पर्यटनमा निजी […]

‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’

अमेरिकाको संघीय उड्डयन प्रशासन(एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन गरेको छ । नयाँ कानूनले अन्तरिक्ष यात्री हुने आकांक्षा बोक्ने उडान टोलिको हुनुपर्ने र अन्तरिक्ष यात्रा सुरक्षामा योगदान दिएको हुनुपर्ने परिभाषित गरेको छ । जस बमोजिम अमेरिकाको नजरमा जेफ बेजोस र सर रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रीको परिचय पाउनुहुने छैन् । सन् २००४ मा पहिलो पटक एफएएको कार्यक्रम सुरु भए यता कानूनमा बदलाब ल्याइएको यो पहिलो अबसर हो । ब्यवसायिक अन्तरिक्ष कार्यक्रमको अद्यावधिक कानून मंगलबार मात्रै सार्बजनिक गरिएको छ । जेफ बेजोस मंगलबार नै अन्तरिक्षको यात्रा गर्नुभएको थियो ।

अन्तरिक्षबाट फर्किएपछि बेजोसको प्रतिक्रियाः आज जिन्दगीकै सबैभन्दा राम्रो दिन

एजेन्सी। आफ्नै कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्षको यात्रामा निस्किएका संसारका धनाढ्य जेफ बेजोस ११ मिनेटमै धर्तीमा फर्किएका छन्। उनले धर्तीमा फर्किएपछि अन्तरिक्ष यात्राको बारेमा बोल्दै जिन्दगीकै सबैभन्दा राम्रो दिन भएको बताए। उनले आफ्नो सफल अन्तरिक्ष यात्रामा साथ दिने अमेजनका कर्मचारी र ब्लु ओरिजिनका कर्मचारीलाई धन्यवाद समेत दिए। बेजोसका अनुसार अन्तरिक्ष यात्रामा लागेको सबै खर्च अमेजनका कर्मचारी र सेवाग्राहीले भुक्तानी गरेका हुन्।

अन्तरिक्ष यात्रा पुरा गरेर धर्तीमा फर्किए बेजोस

एजेन्सी। संसारकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोस करिब ११ मिनेटको अन्तरिक्षको यात्रा सकेर पृथ्वीमा फर्किएका छन्। बेजोस आफूसहित अन्य तीन जना लिएर आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्ष गएका थिए। सुपरसोनिक रकेटमा अन्तरिक्षको यात्रामा उडेका उनी केही समयपछि नै धर्तीमा फर्किएको अमेरिकी समाचार संस्थाहरूले बताएका छन्। उनीसँग उनका भाइ मार्क बेजोस, पाइलट र १८ वर्षीय महिला अन्तरिक्षमा गएका थिए।

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस

साउन ५, टेक्सास (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् ।  आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर अन्तरिक्ष पुगेर उनले मंगलवार इतिहास बनाएका छन् । बेजोसको साथमा उनका भाइ मार्क पनि छन् । सो रकेटमा १८ वर्षिय युवा र ८२ वर्षका अर्का वृद्ध पनि छन् । यिनीहरु दुबै जनाले अन्तरिक्षमा पुग्ने सबैभन्दा कान्छा र पाको व्यक्तिको कीर्तिमान बनाएका छन् । एजेन्सी यो पनि हेर्नुस् : विश्वका सबैभन्दा धनी बेजोस अन्तरिक्ष यात्रामा जाने तयारीमा

जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

विश्वका सबैभन्दा धनी उद्योगपति जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदै

एजेन्सी। विश्वका सबैभन्दा धनी उद्योगपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदैछन्। निर्धारित समयअनुसार उनी नेपाली समयअनुसार उनी साँझ ५ः१५बजे अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन्। यात्राको क्रममा बेजोसले दुईवटा रेकर्ड बनाउने छन्। अन्तरिक्ष यात्रामा उनको भाई मार्क र सबैभन्दा युवा अन्तरिक्ष यात्री १८वर्षका ओलिवर दाइमेन पनि बेजोससँगै जाँदैछन्। एकजना ८२वर्षीय महिला पनि बेजोससँगै अन्तरिक्ष यात्रामा जाने बताइएको छ।

अन्तरिक्ष जाँदै संसारका धनाड्य बेजोस

काठमाडौं। संसारका सबेभन्दा धनाड्य तथा अमेजनका संस्थापक जेफ बेजोस अन्तरिक्ष उड्ने भएका छन्। उनी आफैँले सन् २००० स्थापना गरेको ब्लू ओरिजिन नामक कम्पनीमार्फत अन्तरिक्ष उड्ने भएका हुन्। उनले आफ्नो कमाईको ठूलोहिस्सा रकेट निजी निर्माता कम्पनीमा लगानी गर्दै आएका छन्। बेजोसले गरेको घोषणाअनुसार उक्त रकेटमा कुल६जनाको टिम हुनेछ। यात्रामा उनकै भाई मार्क बेजोस,८२वर्षीय पाइलट वाली फंक लगायतको टोली हुने बताइएको छ।

८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।

८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।