‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’

अमेरिकाको संघीय उड्डयन प्रशासन(एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन गरेको छ । नयाँ कानूनले अन्तरिक्ष यात्री हुने आकांक्षा बोक्ने उडान टोलिको हुनुपर्ने र अन्तरिक्ष यात्रा सुरक्षामा योगदान दिएको हुनुपर्ने परिभाषित गरेको छ । जस बमोजिम अमेरिकाको नजरमा जेफ बेजोस र सर रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रीको परिचय पाउनुहुने छैन् । सन् २००४ मा पहिलो पटक एफएएको कार्यक्रम सुरु भए यता कानूनमा बदलाब ल्याइएको यो पहिलो अबसर हो । ब्यवसायिक अन्तरिक्ष कार्यक्रमको अद्यावधिक कानून मंगलबार मात्रै सार्बजनिक गरिएको छ । जेफ बेजोस मंगलबार नै अन्तरिक्षको यात्रा गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

विश्वका सबैभन्दा धनी उद्योगपति जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदै

एजेन्सी। विश्वका सबैभन्दा धनी उद्योगपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदैछन्। निर्धारित समयअनुसार उनी नेपाली समयअनुसार उनी साँझ ५ः१५बजे अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन्। यात्राको क्रममा बेजोसले दुईवटा रेकर्ड बनाउने छन्। अन्तरिक्ष यात्रामा उनको भाई मार्क र सबैभन्दा युवा अन्तरिक्ष यात्री १८वर्षका ओलिवर दाइमेन पनि बेजोससँगै जाँदैछन्। एकजना ८२वर्षीय महिला पनि बेजोससँगै अन्तरिक्ष यात्रामा जाने बताइएको छ।