मोरङको बेलबारीका प्रदीप शाह ३६ वर्ष पुगे । यतिबेला उनी नेपाल सरकारका उपसचिव छन् ।
उनले घरनजिकै रहेको भगवती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । बुवा घनश्याम शाह र आमा शिला शाह कृषिसँगै व्यापार गर्ने गर्थे ।
‘तरकारी व्यापार गर्ने भएकाले बिहान–साँझ बुवाआमालाई काममा सघाउनुपर्थ्यो,’ उनले भने, ‘खाजा र भात खाने फुर्सद पनि त्यति हुँदैन्थ्यो ।’ कति दिन त खाजा खाँदै बुवालाई व्यापारमा समेत सघाएको उनले सुनाए ।
विद्यालयबाट आएपछि घरको काम गर्नुपर्दा पढ्ने फुर्सद नभएपछि राति ३ घण्टा ...