काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नका लागि ओमान गएका बलिङ अलराउन्डर करण केसी नेपाल फर्कने भएका छन् ।
करणले चोटका कारण ग्लोबल क्वालिफायर गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । उनले करणको स्थान गुल्शन झाले लिने बताए ।
“ब्याक इन्ज्युरीका कारण रुलआउट भएका छन्...