काठमाडौँ – नेपालले फिलिपिन्सलाई २१९ रनको फराकिलो लक्ष्य दिएको छ। आईसीसी ट्वेन्टी–२० क्रिकेट ग्लोबल क्वालिफायर छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो। फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा ओर्लेको थियो। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा […]