काठमाडौँ – फिलिपिन्ससँगको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । नेपालले आइसिसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट ग्लोबल क्वालिफायर छनौट अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा जारी खेलमा भुर्तेलले ३४ बलमा ५४ रन बनाइसकेका छन् । उनले […]