कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नेपालको औपचारिक श्रम क्षेत्रको ७० प्रतिशत उद्योगले पारिश्रमिक नदिएको एक सर्भेक्षणले देखाएको छ । समग्र उद्योग ट्रेड युनियन नेपालले २०७६ चैत महिनामा गरेको सर्भेक्षण अनुसार औपचारिक क्षेत्रका ७० प्रतिशतका उद्योगहरुले पारिश्रमिक नदिएको पाइएको हो ।