अटो दुर्घटनामा १ को मृत्यु, दुई घाइते

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल चेक प्वाइन्टदेखि १ किलोमिटर अगाडि कर्णाली राजमार्गमा बिहान ११ बजेतिर अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँ साइडको कलभर्टमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१ की ४४ वर्षीया जमरा शाही रहेकी छन्।घाइतेलाई बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलील

सम्बन्धित सामग्री

टोनी उरा घाइते

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका आक्रामक ओपनर टोनी उरा घाइते भएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईसँग खेल्नुअघि टोनी उरा घाइते भएका हुन्। टोनी उरा शुक्रबार बिहान अभ्यासकोक्रममा घाइते भएका हुन् । उनको दायाँ खुट्टामा चोट लाग्न पुगेको थियो । त्यसपछि उनको थप स्वास्थ्य परिक्षणको लागि नेशनल अस्पताल कंलकी लगिएको […]

कसरी घाइते भए मौसम ?

भुपेन्द्र जि.सी., दुबई नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् । धेरैले मौसमको चोटलाई शंकाको […]

चितुवाको आक्रमणबाट तीन घाइते

काठमाडौँ,२५ कार्तिक । चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएको हो । कफ्लेटीस्थित खेतमा […]

चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भए ।कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएका हुन्।घाइते हुभएकी तु

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् । घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।

चट्याङ लागेर तीन घाइते

काठमाडौं । सल्यानमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । सल्यानका कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाती दिनेश थापा घाइते भएको प्रहरीले जनाएको छ । आज बिहीबार बिहान घरमै सुतिरहेको समयमा उनीहरूलाई चट्याङले लागेर घाइते बनाएको प्रहरी […]

घाइते चितुवाको उद्धार

मंगलबारे – इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ। जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो। एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको टोलीले गत राति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो। घाइते चितुवाको उपचार, पुनःस्थापनाका […]

घाइते चितलको उद्धार

कञ्चनपुर : भीमदत्त नगरपालिका-१६ मझगाउँमा घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ। चितललाई कुकुरले लखेटेर घाइते बनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले घाइते अवस्थमा चितल फेला परेपछि उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाएका छन्।

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई  कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके ह