काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले आंशिक र करार शिक्षकलाई आन्दाेलनकै भरमा स्वत: स्थायी गर्न नसकिने जनाएकाे छ।त्रिविले सोमबार अपिल जारी गर्दै आंशिक र करार शिक्षक तथा कर्मचारीबाट बारम्बार तालाबन्दी गरेर स्वतः स्थायी हुन खोज्ने प्रवृति बढेको भन्दै अब सो दबाव स्वीकार्य नहुने प्रष्ट पारेको हाे।त्रिविले अपिलमा विभिन्न शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनका नामबाट भइरहेका आन्दोलन, तालाबन्दी र अनसनहरूले विश्वविद्यालयको पठनपाठन, प्रशासनिक काममा अवरोध उत्पन्न भएको भन्दै यस्ता प्रवृति अन्त्य गर्न स