युद्धको अर्थशास्त्र

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व अर्थव्यवस्थामा संकट पर्न सक्ने आशंका गर्न थालिएको छ । युद्ध शुरू भएपछि रूसमा ब्याजदर २० प्रतिशत पुगेको छ भने रूसी मुद्रा रुबलको भाउ इतिहासमै सर्वाधिक घटेको छ । सुन र डलर थुपारेको रूसले यूरोप र अमेरिकाको प्रतिबन्ध बेवास्ता गर्दै युद्धलाई निरन्तरता दिइरहेको छ र यो युद्ध चाँडै अन्त्य हुने लक्षण पनि कमै देखिएको छ । सन् १९४५ मा सकिएको दोस्रो विश्व युद्धपछि यूरोपमा खासै ठूला युद्ध भएका छैनन् । यतिखेर रूसले युक्रेन युद्धमा हारे पनि वा जिते पनि तत्काल समस्या समाधान हुन सक्ने देखिँदैन । त्यसैले यो युद्धको असर लामो समयसम्म रहने धेरैको अनुमान छ । युद्धको अर्थशास्त्र बुझ्न सके एकातिर अर्थतन्त्रको जोखिम कम गर्न सकिन्छ भने अर्कोतर्फ लाभको बाटो पनि फेला पर्न सक्छ । नेपाली भूमिबाट निकै टाढा युद्ध भइरहे पनि यो युद्धको बाछिटा नेपालसम्म आउन थालिसकेको छ र यसले यहाँको अर्थतन्त्रमा पनि गम्भीर असर पार्न सक्ने देखिएको छ । वास्तवमा युद्ध सम्मान, सुरक्षा र अस्मिताको लागि मात्र होइन, व्यापार, उद्योग पैmलाउन र मुनाफा कमाउनका लागि पनि हुने गर्छ । प्रथम र द्वितीय विश्व युद्ध बजारको खोजी र विस्तारकै लागि भएको हो । त्यसैले युद्ध र अर्थतन्त्र परस्पर सम्बद्ध हुन् । यो युद्ध कसैका लागि मुनाफाको विषय हुन्छ भने कसैका लागि घाटामात्र होइन, अर्थतन्त्र पूरै ध्वस्त बन्ने आधार पनि बनिदिन्छ । युद्ध भन्ने बित्तिकै हतियारको उत्पादन र विक्रीको कुरा आइहाल्छ । यसले अर्थतन्त्र विस्तारमा सहयोग गर्छ भनिन्छ । अमेरिका, रूस र युक्रेन विश्वमै सर्वाधिक हतियार विक्रीकर्ता मुलुक हुन् । युक्रेनमा अहिले भइरहेको युद्धमा यी यी तीनओटै मुलुक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका छन् । यस्तो युद्ध विपन्न मुलुकका लागि ठूलो समस्या बनेर आउने गरेको देखिन्छ । यद्यपि यसबाट केही फाइदा पनि लिन नसकिने होइन । युक्रेनमाथि आक्रमण हुनासाथ अहिले सुनको मूल्य निकै बढेको छ जसले नेपालमा सुन विक्रीमा कमी आउने देखिन्छ । त्यसले डलर सञ्चितिमा सकारात्मक प्रभाव पार्न सक्छ । यस युद्धले विश्वमै मन्दी ल्याउन सक्ने विश्लेषण पनि गरिएको छ । यदि रूस–युक्रेन युद्धले विश्वव्यापी मन्दी ल्यायो भने नेपालले विप्रेषण आय गुमाउनुपर्ने हुन्छ । यसो भएमा नेपालको अर्थतन्त्रमा बहुआयामिक असर पर्ने निश्चित छ । विश्व युद्धको अर्थशास्त्रको यो जटिलता नेपालले चनाखो भई विश्लेषण गर्नुपर्ने हुन्छ । नेपालको अर्थतन्त्र यसै पनि संकटाभिमुख देखिन्छ । यस युद्धले थप जटिलता निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ । युक्रेनबाट ठूलो परिमाणमा सूर्यमुखीको तेल, तोरीको दाना आदि आयात हुन्छ । यही कारण देखाएर बजारमा यसको मूल्य वृद्धि हुन सक्छ । यसमा सरकार सतर्क हुनुपर्छ । यसको अर्को सकारात्मक पाटो पनि छ । भारतले सूर्यमुखी तेलमा उच्च भन्सार लगाएपछि नेपालको बाटो भएर त्यहाँ यसको निर्यात हुन थाल्यो । नेपालले साफ्टा अन्तर्गतको सुविधा पाउने भएकाले यसको तत्कालिक लाभ लिन व्यापारीले ठूलो परिमाणमा कच्चा पदार्थ मगाए । बन्द भएका तोरी मिलसमेत सञ्चालनमा आएर पाम र सूर्यमुखी तेल प्रशोधन गरी निर्यात गर्न थाले । भारतले ४० प्रतिशत भन्सार घटाएर ५ प्रतिशतमा झारेपछि नेपाली व्यवसायीले तेल निर्यात गर्न सकेनन् । ठूलो परिमाणमा स्टक रहेको त्यो तेल अहिले भारत निकासी गर्ने अवसर मिलेको छ । यो स्टक रहँदासम्म हुने भए पनि युद्धका बेला अन्य अवसर वा नेपाली वस्तुको माग आउन सक्छ । त्यसैले यस्तो अवसरका लागि व्यवसायी चनोखो हुनुपर्छ । युद्ध होस् वा शान्ति व्यवसायीले व्यवसायको सम्भावना खोज्ने हो । यो युद्ध चाँडै अन्त्य हुने सम्भावना देखिँदैन न त यसले विश्वयुद्धकै रूप लिन सक्छ । तर, युक्रेनले सजिलै पराजय नस्वीकार्ने र रूसले आक्रमण नरोक्ने सम्भावना बढी देखिन्छ । त्यही कारण यूरोपमा ग्यासको आपूर्ति रोकिने र यसले पेट्रोलियम पदार्थको भाउ उच्च रूपमा वृद्धि हुने सम्भावना छ । सन् २००८ को संकटमा यसको भाउ उच्च हुँदा अमेरिकालगायत देशले जैविक डिजेललाई प्राथमिकता दिए । यसले खाद्यान्नको भाउ निकै महँगो बनाएको थियो । यो युद्धले पनि त्यस्तै परिस्थिति ल्याउन सक्छ । नेपालका लागि जलविद्युत्को उपयोग गर्ने यो ठूलो अवसर हुन सक्छ । युद्ध सिपाही र हतियारले लडिन्छ तर त्यसको अर्थशास्त्रीय प्रभाव भने बहुआयामिक हुन्छ । नेपाल जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकले युद्धको अर्थशास्त्र बुझेर त्यसअनुसार रणनीति बनाउन अध्ययन गर्नु बुद्धिमानी हुनेछ । युद्धको अर्थशास्त्र बुझ्न सके एकातिर अर्थतन्त्रको जोखिम कम गर्न सकिन्छ भने अर्कोतर्फ लाभको बाटो पनि फेला पर्न सक्छ ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन काठमाडौंमा सुरु

पाटन मल्टिपलको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, ०२४ (एफआइसिइ २०२४) शुक्रबारसम्म चल्नेछ । क्याम्पसको अर्थशास्त्र...

दुईदिने अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रवारसम्म चल्नेछ। क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेशियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ। अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्।विकासको

बर्नान्केसहित तीन जनाले पाए अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्केसहित तीन जनाले यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

त्रिवि अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको […]

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना गरेको छ । राजधानीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित बंगलादेश, पाकिस्तान, भारतका गरी ६० भन्दा बढी अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा प्यानल छलफल तथा ६ वटा समानान्तर प्रस्तुततिकरण राखिएको

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । एमए (स्नातकोत्तर) र एमफिल (दर्शनाचार्य) अध्यययन  गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यमा सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।बैंक सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने

सीबीफिन र त्रिविको अर्थशास्त्र केन्द्रीय विभागबीच समझदारी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्नेगरी समझादारीपत्रमा हस्ताक्षर भएको छ ।सीबीफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सीबीफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले ९ बुँदे  समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।समझादारीपत्रमा उल्लेख गरिएअनुसार अर्थशास्त्र केन्द्री

नेपालको वर्तमान आयात–निर्यात अर्थशास्त्र

स्वतन्त्र बजार अर्थव्यवस्थामा विश्वका हरेक देशले उत्पादन गरेको वस्तु तथा सेवा विश्व बजारमा पुगेर उपभोग हुने गर्छ । यसरी उत्पादक राष्ट्रले उत्पादनलाई निर्यात गरी विश्व बजारमा पु-याउने र आवश्यक पर्ने राष्ट्रले वस्तु तथा सेवा आयात गर्ने विषयको अध्ययन गरिने विज्ञान आयात–निर्यात अर्थशास्त्र हो । आयात–निर्यात अर्थशास्त्रले कुनै पनि देशको आत्मनिर्भरता र परनिर्भरताको अवस्थितिलाई मापन गरिरहेको […]

अर्थमन्त्रीको बाझिएको तर्कशास्त्र र अर्थशास्त्र

२६ मंसिर, काठमाडौं । अर्थशास्त्र नजानेको भनेर आफ्नो आलोचना गर्नेहरुमाथि लक्षित गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार एक कार्यक्रममा चर्को स्वरले भने, ‘म अर्थशास्त्र जानेको मान्छे होइन, तर देशलाई आत्मनिर्भर बनाउन कुन उपाय अपनाउनपर्छ भन्ने मलाइ थाहा छ ।’ शर्माले सार्वजनिक मञ्चहरुबाट दिएका अभिव्यक्ति र सुनाएका योजनालाई लिएर पूर्वअर्थमन्त्रीदेखि अर्थविदसम्मले अर्थमन्त्रीको अर्थशास्त्रीय ज्ञान, दृष्टिकोण र कार्यशैलीमाथि […]