काठमाण्डौ – आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् ।
आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्र...