निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा : आईजीपी सिंह

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।&nb

सम्बन्धित सामग्री

सरुवा बढुवामा चलखेल बन्द गर्छुः आईजीपी सिंह

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन्। प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने पनि […]

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आईजीपी सिंह

प्रहरी महानिरीक्षक(आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् ।