खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो, ‘कालोबजारी’ रोक्न माग

काठमाडौँ – पछिल्लो एक सातामा खानेतेलको मूल्य ह्वात्तै बढेको छ। विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको छ। गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन्। नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको […]

सम्बन्धित सामग्री

खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् । माङ्सेबुङ गाउँपालिका–३ का किसान बालकृष्ण बस्नेतले आफ्नो बारीमा तोरीखेती गर्न थालेका छन् । ७५ रूपैयाँमा आधा लिटर पाइने तोरी तेलको मूल्य आकासिएपछि गाउँलेहरुले तोरी खेती […]

फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौं, कात्तिक २८। रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय […]

फेरि बढ्यो खानेतेलको मूल्य

रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५०

भारतमा घट्यो खानेतेलको मूल्य

भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ ।भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रह

खानेतेलको मूल्य तीन वर्षमै दोब्बर

खानेतेलको मूल्य नेपालमा पछिल्लो तीन वर्षभित्रै दोब्बर बढेको छ । नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा सबै प्रकारका खानेतेलको मूल्य करिब दोब्बरले बढेको देखिन्छ ।वि.सं. २०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ थियो । २०७८ फागुनमा भुटेको तोरीको तेलको मूल्य लिटरमा १३० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगिसकेको छ ।२०७६ फागुनमा १७० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरी तेलको मूल्य २०७८ अहिले ३८५ र १५० रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेलक

रुस र युक्रेनको युद्धकाे बहानामा खानेतेलको मूल्य बढ्यो

काठमाण्डाै - खानेतेलको मूल्य फेरि बढ्न थालेको छ । रुस–युक्रेनबीच भएको युद्धलाई देखाएर बजारमा खानेतेलको भाउ बढ्न थालेको हो ।व्यापारीले खाने तेलमा प्रतिलिटर १० देखि २० रुपैयाँसम्म धेरै मूल्य लिन थालेको उपभोक्ताको गुनासो छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो आएको र बजार अनुगमन थालेको जनाएको छ ।मुख्यगरी सनफ्लावर तेलका लागि आवश्यक ९० प्रतिशतभन्दा धेरै कच्चापदार्थ युक्रेन र बाँकी रुसलगायतका देशबाट आपूर्ति हुने गरेको उद्योगीको भनाइ छ । तर कच्चापदार्थ नेपाल भित्रन ९० देखि एक सय २० दिनसम्म लाग्ने...

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

काठमान्डाैं / एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको तेल (सोयाविन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत... The post खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो appeared first on Purbeli News.

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा  बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल (सोयाविन तेल) महँगिएको छ ।  कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र

किन बढ्दैछ खानेतेलको मूल्य?

काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले कोभिड–१९ का कारण खानेतेलको मूल्य बढेको बताएको छ। योसँगै भूराजनीतिक कारणले पनि खानेतेलको मूल्य बढेको संघले जानकारी दिएको छ। नेपालमा खानेतेलका लागि चाहिने कच्चा पदार्थ पर्याप्तमा मात्रामा उत्पादन हुँदैन। जसकारण,दक्षिण अमेरिकी मुलुकबाट कच्चा पदार्थ आयात हुँदै आएको छ। एक वर्षको अवधिमा विश्वमा कच्चा पदार्थको मूल्य दोब्बरले बढेको छ।

खानेतेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खानेतेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खानेतेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरूप जरिवाना गरिएको जनाइएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताए । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार कारबाहीस्वरूप रु. तीन÷तीन लाख जरिवाना गरिएको हो । पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु. ४०, सनफ्लावर तेल प्रतिलिटर रु. ४० र भटमासको तेल लिटरमा रु. २० भन्दा बढीले मूल्य बढाइएको छ । अनुगमनका क्रममा अस्वाभाविक रूपमा बढाइएको खानेतेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानुनअनुसार थप कारवाही हुने जनाइएको छ । व्यवसायीहरू भने मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको बताउँछन् ।