रुस र युक्रेनको युद्धकाे बहानामा खानेतेलको मूल्य बढ्यो

काठमाण्डाै - खानेतेलको मूल्य फेरि बढ्न थालेको छ । रुस–युक्रेनबीच भएको युद्धलाई देखाएर बजारमा खानेतेलको भाउ बढ्न थालेको हो ।व्यापारीले खाने तेलमा प्रतिलिटर १० देखि २० रुपैयाँसम्म धेरै मूल्य लिन थालेको उपभोक्ताको गुनासो छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो आएको र बजार अनुगमन थालेको जनाएको छ ।मुख्यगरी सनफ्लावर तेलका लागि आवश्यक ९० प्रतिशतभन्दा धेरै कच्चापदार्थ युक्रेन र बाँकी रुसलगायतका देशबाट आपूर्ति हुने गरेको उद्योगीको भनाइ छ । तर कच्चापदार्थ नेपाल भित्रन ९० देखि एक सय २० दिनसम्म लाग्ने...