रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म :: Pahilopost.com

अच्युत रेग्मी  रसुवा :  उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न व्यस्त छन्।  जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न थालेका

सम्बन्धित सामग्री

योजना माग्न सिंहदरबारमा भिड

काठमाडौं, वैशाख २४ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा व्यवहारमा उल्टो देखिएको छ। गाउँ गाउँमा सिंहदरबार चलाएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरू समेत अहिले योजना माग्न प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा जम्मा हुन लागेका छन्। विशेषगरी विकासे मन्त्रालयका मन्त्री, सचिव तथा उच्च कर्मचारीहरूको कार्यकक्षमा जनप्रतिनिधिहरूको भिड नै हुने गर्छ। अधिकार नपाएको, सबै अधिकार सिंहदरबारमा मात्र […]

जनप्रतिनिधिमा विकासको भोक, एउटै रोग

मुलुकमा तीन तहको सरकार छ- संघीय, प्रदेश र स्थानीय । संघीयता कार्यान्वयनमा आएसँगै ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा घन्किए पनि अझै पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन । अहिले स्थानीय निकायमा दोस्रो कार्यकालका लागि जनतिनिधिहरू निर्वाचित भई काम गरिरहेका छन् । ‘सिंहदरबार’ गाउँ पुगेको ६ वर्ष भयो । धिकारसँगसँगै सिंहदरबारमा रहेको ‘भ्रष्टाचारको रोग’ पनि गाउँगाउँमा पुगेको […]

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

काठमाडौं, कात्तिक २ । प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्। बिनाघोषणापत्र जनताबीच पुगेका उम्मेदवारले आफूले जितेपछि बाटोघाटो बनाइदिने, ट्राफिक व्यवस्थापन गर्नेलगायत आश्वासन छर्न थालेका हुन्। उम्मेदवारहरूले जनताको भोट तान्न विकासे आश्वासन बाँड्ने पुरानै चलन हो। गाउँगाउँमा उम्मेदवारले बढीजसो बाटोघाटो, खानेपानी, भवननिर्माणजस्ता विकासे पूर्वाधारका काम गरिदिने आश्वासन बाँडिरहेका हुन्छन्। चुनाव […]

गाउँगाउँका ‘सिंहदरबार’को दुर्दशा : सिंह आए तर दरबार खै ?

स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा निर्वाचन आयोगले आगामी वर्ष चुनावको तयारी गर्दैछ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । गत चुनावमा ‘गाउँगाउँमा सिंहदरबार’ नारा खुबै चल्यो । तर गाउँगाउँका सिंहदरबारको पारा देख्दा जनतामा निराशा छाएको छ । गाउँगाउँमा सिंहदरबार ल्याउने भाषण गर्ने नेताहरू यतिबेला स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष भएका छन् तर स्थानीय तहका प्रशासनिक भवन समेत नदिई जनप्रतिनिधि बिदा हुनुपर्ने अवस्था आएको छ । स्थानीय तहले जनप्रति...

सिरीजंघा गाउँपालिकाको छलाङ

प्रदेश नं. १जिल्ला – ताप्लेजुङपालिका – सिरीजंघा गाउँपालिकावडा संख्या – ८जनसंख्या – १६ हजार ३ सय ६८क्षेत्रफल – ४८१.०९ वर्गकिलोमिटरअध्यक्ष – टीकाराम गुरुङउपाध्यक्ष – ज्ञानमाया चौहानप्रमुख प्रशासकीय अधिकृत – सन्तोष घिमिरे जिल्लाको सिरीजंघा गाउँपालिका संघीयताको मर्मबमोजिम लोभलाग्दो शैलीमा विकासपथमा लम्किएको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा सार्थक तुल्याउने गरी नागरिकमा आभाससहित पालिका चौतर्फी विकासमा लम्किएको […]

सरकारविहीन गाउँपालिका

‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा सुनेका हिमाली भेगका बासिन्दाले अहिलेसम्म गाउँमा सरकार भएको अनुभूति गर्न पाएका छैनन्।

३० रुपैयाँ बुझाउन ३ सय भाडा

काठमाडौँ, ३१ असार- स्थानीय तह निर्वाचनमा ‘गाउँगाउँमा सिंहदरबार’ खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरू यही नारा लगाएर प्रतिस्पर्धामा उत्रिए ।