सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानको सही कार्यान्वयन गरेर देशको उज्ज्वल भविष्य निर्माणमा लाग्न राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई बिहिबार सम्बोधन गर्दै उहाँले अहिलेको संविधान उत्कृष्ट विशेषताले भरिपूर्ण भएको संबिधान भएकाले यसको सही कार्यान्वयन भए मुलुक समृद्धितर्फ लम्कने …