काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गर्दैगर्दा विद्यार्थीलाई अलमलमा पार्न नहुने बताएका छन्। परीक्षा स्थगित गर्दा विकल्पसहित निर्णय गर्नुपर्ने नेता थापाले सुझाव दिएका छन्। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले ट्विटरमा लेखेका छन्, 'हिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं। प्रमज्यूले विद्यार्थ