विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुकोः डा.विश्वनाथ पौडेल

उनले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए। उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए।...

सम्बन्धित सामग्री

उपराष्ट्रपतिको निर्वाचनका कारण विकास नरोकियोस्

सरकारको ढुकुटीमा अहिले खर्बौं रकम छ तर पूँजीगत खर्च केवल २२ प्रतिशतमात्र भएको छ । यसले गर्दा देशमा आर्थिक समस्या छाएको छ । आर्थिक समस्याबाट जोगिने धेरै उपाय मध्य एक हो : देशको पूँजीगत खर्चमा वृद्धि गर्नु । तर, दुर्भाग्य यही बेला देशको एक थान उपराष्ट्रपतिको चुनावको कारण देखाउँदै मन्त्रिमण्डल विस्तार नै रोकिएको छ । फलस्वरूप पूँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन । यसले नेपालको विकासलाई प्रतिकूल असर पुर्‍याइरहेको छ । किन हाम्रा नेता र नीति निर्माताहरू यस्तो गम्भीर विषयमा संवेदनशील हुन सकेका छैनन् ? के एक थान उपराष्ट्रपतिका लागि यसरी विकास निर्माण प्रभावित गर्नु उचित हो ? होइन भने किन मन्त्रिमण्डललाई पूर्णता दिई पूँजीगत खर्च विस्तारमा सम्पूर्ण शक्ति नलगाएको ? यसको जवाफ अरूले भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुपर्छ । एकातिर उहाँ यसपालि आफ्नो नेतृत्वको सरकारले देश र जनताको भलाइका लागि कुनै कसर बाँकी नराख्ने, आफ्ना लागि काम गरेर देखाउने यो अन्तिम अवसर हो भन्दै हुनुहुन्छ अर्कोतिर सबै मन्त्रालय आफै राखेर पूँजीगत खर्चमा बाधक बन्नुभएको छ । यस्तो पाराले प्रधानमन्त्री सफल बन्न सक्नु हुँदैन । सफल बन्ने हो भने तुरुन्त मन्त्रिमण्डल विस्तार गरी पूँजीगत खर्च बढाउनुपर्‍यो । यो बढ्नासाथ राष्ट्र बैंकको ढुकुटीमा रहेको पैसा बजारमा जान्छ जसले रोजगारी र उत्पादन वृद्धिमा सघाउ पुर्‍याउँछ । मानिसहरूको उपभोग क्षमता बढ्छ जसले औद्योगिक उत्पादन बढाउँछ । फलस्वरूप आर्थिक गतिविधिमा वृद्धि भई देशको अर्थतन्त्र नै चलायमान बन्छ । के प्रधानमन्त्री र उहाँको आर्थिक सल्लाहकारले जाबो यति कुरा पनि नबुझेका होलान् त ? अनि बुझेको हो भने मन्त्रिमण्डल विस्तार गरी पूँजीगत खर्च गर्न कुन अदृश्य शक्तिले रोक्यो त ? प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्छ । कुन उद्देश्यका लागि मन्त्रिमण्डल विस्तार रोकिएको हो ? अहिले प्रधानमन्त्री एक्लैको काँधमा १६ मन्त्रालयको जिम्मेवारी छ । ती मन्त्रालयको कुनै काम गराउन परे अहिले सचिवहरू नै लाइन लाग्नुपर्ने अवस्था छ रे । सचिवको तहबाट विकास निर्माण र पूँजीगत खर्चका ठूला काम हुन सम्भव छैन । उता मन्त्रीका कुर्सीहरू खाली छन् । यस्तो पाराले कसरी देशको विकास हुन सक्छ प्रधानमन्त्रीज्यू ? आफू पनि नभ्याउने अनि मन्त्रिमण्डललाई पनि पूर्णता नदिने तपाईंको कामले गर्दा विकास निर्माणलाई कोसौं टाढा पुर्‍याएको छ । प्रतिकूल असर पुर्‍याएको छ । कमसे कम यस्तो कुरामा त संवेदनशील हुनुहोस् । ३ करोड जनताको भविष्य एकजना प्रधानमन्त्रीको हातमा हुन्छ भनेर ख्याल गर्नुहोस् प्रधानमन्त्रीज्यू । विकास निर्माणको दृष्टिले तपाईंको ७५ दिन व्यर्थ खेर गयो । अब खेर जान नदिनोस् । उपराष्ट्रपतिको चुनाव भनेर पर्खने काम नगरौं । एक थान उपराष्ट्रपतिको कारण देखाउँदै विकास निर्माणमा असर पुर्‍याउने काम भएमा इतिहासले तपाईंलाई माफ गर्नेछैन । कृपया यस्तो कुरामा संवेदनशील बन्नुहोस् । गोपाल देवकोटा गोकर्णेश्वर ८ , काठमाडौं ।

साना योजना स्थानीय तहलाई नै दिने सरकारको तयारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् ।उपाध्यक्ष डा. पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमै दिने योजना रहेको बताए ।“स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ” उनले भने, “गाउँपालिको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नु हुन्छ त्यस्तो गरेर […]

अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकतामा पार्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो । उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन […]

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्ः विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश–१ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरुलाई मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदहरुले […]

विकास निर्माणमा अबको भविष्य नगरपालिका हो : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् ।  बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले...

शेयरमा उतारचढाव र भविष्य

अहिले शेयरको बारेमा चर्चा, परिचर्चा, टीकाटिप्पणी गर्नेहरू समाजमा धेरै भेटिन्छन् । हरेक घरदेखि चिया पसलसम्म पनि शेयरकै गफगाफ हुने गरेको छ । सामाजिक सञ्जाल फेसबुक, यूट्युब खोलेर हेरियो भने शेयरकै बारेमा सूचना प्रवाह भइरहेको पाउँछौं । शेयरका बारेमा जान्न, बुझ्न चाहनेहरू फेसबुकमा समूहगत रूपमा देखिन थालेका छन् । कार्यालयमा काम गर्दागर्दै नेप्सेमा आँखा डुलाउने पनि छन् । कम्पनीको पूँजीलाई सानो एकाइमा विभाजन गरेर बजारमा लगानीकर्तालाई विक्री गर्ने लगानीको अंश नै शेयर हो । शेयरलाई कानूनी भाषामा धितोपत्र भन्ने गरिन्छ । कम्पनी ऐन २०६३ मा साधारण, बोनस, हकप्रद, अग्राधिकार शेयर गरी विभाजन गरेको छ । कानूनले तोकिएको निश्चित पूँजी राखी स्थापना भएको कम्पनीले आफ्नो उद्देश्यअनुसार गरेको व्यवस्थायबाट भएको नाफा वा घाटा दुवैमा लगानीको अनुपातमा बेहोर्न मञ्जुर गरी शेयरमा लगानी गरिएको हुन्छ । यसैको आधारमा भविष्यमा लगानीकर्ताले नाफा वा घाटाको अंशियार बन्नुपर्ने हुन्छ । शेयरमा गरेको लगानीबाट लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको आधारमा मुनाफा देखिएमा वार्षिक रूपमा लाभांश प्राप्त गर्ने गर्छ । तर, शेयरको सूचीकरण पश्चात् दोस्रो बजारमा कारोबार भएबापत प्राप्त हुने नाफा वा घाटाको सम्पूर्ण जिम्मेवारी लगानीकर्ता स्वयम् नै हुनुपर्छ । नेपालमा शेयर कारोबार हुन थालेको ८ दशकभन्दा बढी भइसकेको छ । १९९४ सालसम्म शेयर कारोबारको शुरुआत नै भएको थिएन । विसं १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापनापछि देशमा औपचारिक रूपमा शेयर कारोबार हुन थालेको थियो । नेपाल बैंक र विराटनगर जुट मिल्सले पहिलो पटक शेयर जारी गरेका थिए । नेपालमा शेयर कारोबारको शुरुआती दिनमा स्टक एक्सचेन्जको स्थापना नै भएको थिएन । शेयरबजार सानो आकारमा सञ्चालन हुने गरेको थियो । लगानीकर्ता बजारमा खोज्नुपर्ने अवस्थामा थियो । कम्पनी ऐन २०२१ जारी भएपछि पहिलोपटक सरकारी ऋणपत्र निष्कासन भएको थियो । पछि २०३३ सालमा आएर धितोपत्र खरीद विक्री केन्द्रको स्थापना भयो । यस केन्द्रको स्थापनापछि मात्र नेपाली शेयरबजारमा सरकारी ऋणपत्र र कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुन थालेको थियो । त्यसको केही समयपछि उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन भन्दै धितोपत्र कारोबार ऐन २०४० जारी भई शेयरबजारलाई व्यवस्थित गर्न खोजेको देखिन्छ । देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि आर्थिक उदारीकरणको नीति अवलम्बन गरियो र देशमा निजीस्तरबाट विभिन्न उद्योगधन्दाहरू स्थापना भई सञ्चालनमा आए । धितोपत्र कारोबार ऐन २०४० मा भएको पहिलो संशोधनले धितोपत्र बजार सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरे । पछि धितोपत्र खरीद विक्री केन्द्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूपान्तरण भई २०५० पुस २९ गते पछि यसैमार्फत नियमित रूपमा शेयर कारोबार हुन थाले । कम्पनी स्थापना, शेयरको प्रकार, शेयर बाँडफाँट गर्ने कार्यलाई नियमित तथा व्यवस्थित गर्ने काम कम्पनी ऐन २०५३ ले गरे । पटकपटक कानून संशोधन भए पनि शेयरबजारले गति लिन सकेको थिएन । देशको आर्थिक विकासको लागि पूँजी परिचालन गर्न, लगानीकर्ताको हित संरक्षण गर्न, शेयरबजारलाई व्यवस्थित गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ र धितोपत्र बजार सञ्चालन नियमावली २०६४ जारी गरियो । तैपनि शेयर कारोबारमा सहजता आएको थिएन । २०७२ सालसम्म आइपुग्दा शेयर कारोबार पूर्णरूपमा विद्युतीय माध्यमबाट भई धेरै नै सहजता आइसकेको छ । अहिले शेयरबजार साना, ठूला सबै लगानीकर्ताको पहुँचमा पुगिसकेको छ । लगानीको आकार पनि बढिसकेको छ । घर, कार्यालय, पार्क वा कुनै उपयुक्त स्थानमा बसी मोबाइल वा कम्प्युटरको सहायताले कम्पनीको शेयरमा लगानी गर्ने वातावरण बनिसकेको छ । सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट शेयरसम्बन्धी सूचना तथा जानकारीहरू लगानीकर्तासमक्ष आउने गरेका छन् । अहिलेसम्म नेप्सेमा कारोबारका लागि सूचीकरण भएका कम्पनीहरू २ सयभन्दा बढी छन्, जसमा होटल, बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत् तथा विभिन्न उत्पादनमूलक उद्योगहरू समावेश छन् । शेयर कारोबारमा आएको सहजताले लगानीकर्ताहरू पनि बढेका छन् । दोस्रो बजारमा नेप्सेमा सूचीकृत शेयरको मूल्य घट्ने र बढ्ने क्रम निरन्तर चलिरहेको हुन्छ । बजारमा आउने हल्ला, राजनीतिक परिवर्तन, नियामक निकायको नीतिगत व्यवस्था, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) जस्ता विभिन्न पक्षले शेयरबजारमा उतारचढावको स्थिति आउने गर्छ । यस्ता कार्यप्रति लगानीकर्ता सचेत हुनुपर्छ । लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन पक्ष, नीतिगत व्यवस्था, बजारमा शेयर किनबेचमा हुने उतारचढाव आदिको बारेमा जानेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । शेयरमा अल्पकाल वा दीर्घकालका लागि लगानी गर्न सकिन्छ । वित्तीय रूपमा सबल कम्पनीको शेयरमा लगानी गरेको खण्डमा लगानीकर्तालाई भविष्यमा फाइडा नै गर्ला । तर, शेयरबाट सबैजना करोडपति नै हुन्छ भन्ने छैन, तर भविष्य राम्रो छ । राष्ट्रिय अर्थतन्त्र निर्माणमा शेयरबजारको पनि महत्त्वपूर्ण भूमिका रहने कुरामा विवाद छैन । उदार अर्थव्यवस्थाको शुरुआत भएसँगै देशको शेयरबजारमा निजी कम्पनीको बाहुल्य देखिएको छ । अहिले नयाँ कम्पनीहरू सर्वसाधारणमा शेयर जारी गरी बजारमा प्रवेश गरेका छन् । नेप्से पूर्णरूपमा अनलाइन भएसँगै लगानीकर्ताहरू पनि बढेका छन् । कुनै पनि कम्पनीको साधारण शेयरमा एकै दिनमा मागभन्दा बढी आवेदन पर्नुले पनि यो कुराको पुष्टि गर्छ । यस स्थितिमा शेयरबजारलाई अझ गतिशील बनाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनु जरुरी छ । गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा प्रवेश गराउनुपर्ने देखिन्छ । सीमित शेयर ब्रोकरबाट हुँदै आएको कारोबारको दायरलाई बढाउँदै लैजानुपर्ने देखिन्छ । कम्पनीको लीलामी शेयरमा पनि अरू शेयरसरह अनलाइनबाटै मूल्यमा बोलकबोल गरी किन्न सक्ने गरी प्रविधिको विकास गरिनुपर्छ । शेयरबजारलाई निश्चित दिशा दिने जिम्मेवारी धितोपत्र बोर्डको भएको हुँदा यसभित्र सक्षम व्यक्तिको मात्र प्रवेश हुनुपर्छ । यसका लागि समयसापेक्ष रूपमा नीतिगत तथा कानूनी व्यवस्था गर्दै लैजानु उचित हुन्छ । लेखक अधिवक्ता हुन् ।

आफैँमा हराउँदै नेपाली युवा शक्ति : देश निर्माणमा कसरी गराउन सकिन्छ सहभागी ?

कुनैपनि मुलुकको वास्तविक पूँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । युवाहरू शक्ति र ऊर्जाका स्रोत हुन् । भनिरहन परोइन, मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा हुन्छ । युवा नै भविष्य हुन् । युवाहरूको परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनर्निर्माण भैरहेको हुन्छ । समाजको विसंगति र बिब्ल्याटाहरूलाई बढार्ने पनि युवा नै हो । युवा आक्रोश र विद्रोह हो, ऊ विध्वंश गर्न पनि पछि पर्दैन...