चीनतर्फको नाका बन्द हुँदा घरमै थन्किए ओलाङचुङगोलामा उत्पादित गलैँचा

जेठ २१, ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता यांकी शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् ।  उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा विक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड–१९ को संक्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करीब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्’, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भने ।  उनका अनुसार ओलाङचुङगोलामा उत्पादीत गलैँचाको मूख्य बजार चीनको तिब्बत हो । एक अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैँचाको व्यपार ठप्प छ । संक्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन । नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैयाँ बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।  यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । ‘नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पाईँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो’,स्थानीय भुजुङ शेर्पाले भने । व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैँयामा विक्री हुन्छ । गुणस्तरको आधारमा ३०–३५ हजार रुपैयाँसम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीन बाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ । एक वर्षदेखि गलैँचा विक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भए पछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताए ।  ‘आवश्यक पर्ने कच्चा पदार्थ एक वर्ष सम्मलाई पुग्ने गरी काठमाडौंलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला’, वडाध्यक्ष शेर्पाले भने ।  सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङचुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी संकलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी संकलन पनि कमैले मात्र गर्न थालेका छन् ।  अन्य पेशाव्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशाव्यवसाय बनेको तर संक्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए । रासस

सम्बन्धित सामग्री

खुल्यो उत्तरी नाका

काठमाडौं, फागुुन ७ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् । चिनियाँ […]

तीन बर्षदेखि टिपताला नाका बन्द

काठमाडौँ–कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो। लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्या भएको […]

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै

कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ भने तातोपानी नाका खुल्नेबारे अझै अन्योल कायमै रहेको छ ।

तीन वर्षदेखि हुम्लाको हिल्सा नाका बन्द

नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन जान...

रसुवागढी नाका बन्द

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो । स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानी

अझै खुलेन ठोरी नाका

ठोरी । कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन।जिल्लाका सबै नाका खुलेको धेरै समय वितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यके बेवास्ता गरिनु हो। मधेस प्रदेश सरकारले ठोरीलाई मधेस कै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दु:खद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली काँग्रेसका […] The post अझै खुलेन ठोरी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक.

खुल्ला त उत्तरी नाका?

काठमाडौं, चैत १४ । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण चैतदेखि बन्द उक्त नाका हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनको मुख्य व्यापारिक नाका लामो समयदेखि ठप्प हुँदा नेपाल पक्षले खुलाउन पटक पटक आग्रह […]

अन्य नाका सहज भए पनि अझै सहज भएन पूर्वी नाका काँकरभिट्टा (तस्बिरहरू)

झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]

१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]

मुख्य नाका बन्द चोरबाटोमा भीड

विराटनगरको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ। कोरोना महामारीका कारण विगत एक वर्षदेखि जोगवनी नाका ठप्प छ।...