नमस्ते पे मोबाइल भुक्तानी सेवा आजदेखि सञ्चालनमा

भदौ २९, काठमाडौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आज (मंगलवार)बाट शुरु गरिएको छ ।  मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले उक्त सेवाको शुरु गरिएको हो ।  वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको औपचारिक समझदारीको फलस्वरूप २०७७ साउन १३ मा विधिवत रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापित थियो । सोही कम्पनीमार्फत मंगलवारबाट नमस्ते पे सञ्चालनमा ल्याएको हो । कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एन्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० सर्टकोड यूएसएसडीबाट सो सेवा प्रयोग समेतको सुरुआत गरिएको थियो ।  कोभिड महामारीका कारण सेवा सञ्चालनका लागि खरीद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाइ एवम् सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावका कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाइ भएको भएपनि प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महीनाको अवधिमा सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ ।  मोबाइल सेट बजारको ९५५ भन्दा बढी हिस्सा ओगटने एन्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आईओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।  स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिका माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगका लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जानकारी दिएको छ ।  प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् ।  यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित करीब ९ ओटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकबाट पैसा लोड गर्नका लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीको भनाइ छ ।  कम्पनीका अनुसार बैंकहरुको अलावा यस कम्पनीको देशव्यापी एजेन्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र शुरु गरिनेछ । ‘यसका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो । विभिन्न सञ्चार माध्यम र खासगरी अनलाइन मिडियामा पटक पटक प्रकाशित भएजस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेरमात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ ।  मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरुसँग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षणसमेत गर्नुपर्ने भएकोले सम्भावित सबै किसिमका सेवा एकैपटक सञ्चालन गर्न चुनौतीपूर्ण हुने र बढी समय लाग्ने कम्पनीले जानकारी दिएको छ ।  ‘यसका साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा सुरुमा आउन सक्ने समस्याहरुको पहिचान र निराकरण गर्नसमेत थप सहज हुने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पनि कम्पनीले चरणबद्ध रूपमा सेवाहरु थप्दै र विविधिकरण गर्दै जाने रणनीति अंगीकार गरेको छ ।’ ‘विगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड–१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको कम्पनीले बताएको छ ।  यही बृहत्तर उद्देश्यका साथ कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ र क्रमशः सेवासुविधाहरू थप गरी सो यथाशीघ्र उद्देश्य प्राप्तिका लागि कम्पनी लागिपरेको बताइएको छ ।  यसरी बृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुरुयाउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाका रूपमा लागिपरेर विविध सेवासुविधाको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालासँग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।  सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोगमार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ । 

सम्बन्धित सामग्री

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआरमर्चेन्ट पेमेन्ट सेवा

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।सेवा सञ्चालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीलाई भुक्तानी दिन सक्नेछन् । यसका साथै हालसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसाीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा […]

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा

काठमाडौं (अस) । नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा लिन सकिने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत ग्राहकले सो सेवा लिन सक्ने भएका हुन् । ‘नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापारी व्यवसायीलाई भुक्तानी दिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापारी व्यवसायीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत ‘गोल्ड स्टार’का शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ ।

'नमस्ते पे' एप्स डाउनलोड गर्दा ५०० एमवि डाटा निशुल्क

नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा मंगलबार देखि शुरु भएको डिजिटल भुक्तानी सेवा नमस्ते पे एप्स डाउनलोड गर्दा ५०० जिवि डाटा निशुल्क पाइने भएको छ ।

अफलाइनमा समेत भुक्तानी गर्न सकिने 'नमस्ते पे' सञ्चालनमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्टले 'नमस्ते पे' नामक डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलवारदेखि नमस्ते पे डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

अफलाइनमा समेत भुक्तानी गर्न सकिने 'नमस्ते पे' सञ्चालनमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्टले 'नमस्ते पे' नामक डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलवारदेखि नमस्ते पे डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल भुक्तानी सेवा ‘नमस्ते पे’ सञ्चालनमा

काठमाडौँ– मोबाइल भुक्तानी सेवा ‘नमस्ते पे’ सञ्चालनमा आएको छ। डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन मंगलबारबाट सुरु भएको हो। मोबाइल सेट बजारको ९५ प्रतिशत भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुने कम्पनीको दावी छ। आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो […]

‘नमस्ते पे’ मोबाइल वालेट संचालनमा, के के छन् सेवाहरु ?

काठमाडौं । ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको हो । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले उक्त मोबाइल वालेट संचालमा ल्याएको कम्पनीले जनाएको छ ।यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टप अप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध

नमस्ते पे डिजिटल भुक्तानी सेवा आजदेखि

सरकारी स्वामित्वका दुई ठूला कम्पनी राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीको ‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा सुरु हुने भएको छ । एक महिनादेखि परीक्षणमा रहेको यो सेवा मंगलबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो ।टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले तयारी पूरा भइसकेकोले व्यावसायिक प्रयोजनमा जान लागेको […]

‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा मंगलवारदेखि सञ्चालनमा आउँदै

भदौ २८, काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा शुरु गर्ने भएको छ । स्रोतका अनुसार शुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।  कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महीनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलवारदेखि सञ्चालनमा आउन लागेको उल्लेख गरेका छन् ।  वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् ।