काठमाडौं (अस) । नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा लिन सकिने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत ग्राहकले सो सेवा लिन सक्ने भएका हुन् ।
‘नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापारी व्यवसायीलाई भुक्तानी दिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापारी व्यवसायीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत ‘गोल्ड स्टार’का शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ ।