उत्तर कोरियाका सेना प्रमुख बर्खास्त‚ युद्धको तयारी गर्न किम जोङको उर्दी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सेना प्रमुखलाई बर्खास्त गरेका छन्। सेना प्रमुखको बर्खास्तगीसँगै किमले सेना र सेनाका उच्च अधिकारीहरुलाई सम्भावित युद्धको तयारी गर्न पनि आदेश दिएका छन्।यसका साथै किमले शस्त्रास्त्रको उत्पादन बढाउन र सेनालाई धेरैभन्दा धेरै युद्धाभ्यास गर्न पनि उर्दी जारी गरेको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले आज (बिहीबार) जनाएको छ। केसिएनए उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम हो।उत्तर कोरियाको केन्द्रीय सैनिक परिषदको बैठकमा किमले कुनै देशको नाम नलिई उत्तर कोरियाका दुश्मन

सम्बन्धित सामग्री

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।  उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ । उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । […]

युक्रेनमाथि रुसको हमलाका लागि अमेरिका जिम्मेवार : उत्तर कोरिया

संयुक्त राष्ट्रमा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार देखाएको छ ।यसका साथै उनले वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको बताएका छन् ।दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्तो कुरा बताएका हुन् । मंगलबार यसै सत्रका बेला सङले भने, ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको प्रत्यायभूतिको मागको अवहेलना गरे । नेटोको पूर्वमा विस्तार गर्नका लागि हतियार प्रणाली तैनाथ

उत्तर कोरिया दक्षिणसँगको हटलाइन खोल्न तयार

१४ असोज, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा सुधारको लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै किम जोङ उनले यस्तो बताएका हुन् । यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको […]

उत्तर कोरियाले किन भ्याक्सिन लिन मानेन ?

एजेन्सी, २४ असार । विश्वका अधिकांश देशहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउन तछाडमछाड गरिरहेका छन् । अनुदानमा जति पाइन्छ त्यसबाहेकको भ्याक्सिनका लागि शुल्क तिर्न तयार छन् । तर पनि पाइरहेका छैनन् । उत्तर कोरिया त्यस्तो देश हो जसले कोरोना भाइरस लिन मानिरहेको छ । उत्तर कोरियाका मित्रराष्ट्रहरुले भ्याक्सिन लिन आग्रह गरिरहेका छन् । तर, उत्तर कोरिया […]

कोभिड सम्बन्धी त्रुटिले उत्तर कोरिया गम्भीर संकटमा : नेता किम

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताउनुभएको छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको छ । तर मुलुकमा कस्तो संकट देखियो भनेर केही उल्लेख नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ

किमको सन्देश–अमेरिकासँग लड्न उत्तर कोरिया तयार

अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ । केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको...

उत्तर कोरियाका पूर्व राजदूत भन्छन् : छोरीको भविष्यको लागि देश छाडेकोमा खुसी छु

कुवेतका लागि उत्तर कोरियालका पूर्व कार्यवाहक राजदूत रुउ ह्यन उले छोरीको भविष्यको लागि उत्तर कोरियाबाट भागेको बताएका छन्। एक वर्षभन्दा बढी अघि दक्षिण कोरिया पुगेको ह्यनले आफूले उत्तर कोरिया छाड्नु छोरीको लागि राम्रो भएको बताएका हुन्। ‘मैले र मेरी श्रीमतीले उत्तर कोरिया छाडेर जाने निर्णय लिएका थियौं। जुन हाम्रो छोरीको…