ललितपुर महानगरपालिकाले वडा नं १८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि रु २५ लाख सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई रु २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा र