राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्रद्वारा थबाङमा अक्सिजन मिनी प्लान्ट स्थापना

रोल्पा । रोल्पाको थबाङ आइसोलेशन सेन्टरमा अक्सिजन मिनी प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपूरले थबाङ गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टरमा  अक्सिजन प्लान्ट निःशुल्क जडान गरिदिएको गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले जानकारी दिए । १९ लाख ७४ हजार रुपैयाँ लागतको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरका बायोमेडिकल इन्जिनियर उमेश राई लगायतको टिमले जडान गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ । अक्सिजन प्लान्ट ग्रहण गर्दै गाउँपालिका अध्यक्ष घर्तीले भौगोलिक हिसाबले विकट रहेको थबाङमा आविष्कार केन्द्रले अक्सिजन प्लान्ट निःशुल्क जडान गरिदिएको भन्दै केन्द्रप्रति कृतज्ञता व्यक्त गरे । ‘कोभिडका कारण समस्यामा रहेको अवस्थामा आविष्कार केन्द्रबाट प्राप्त सहयोग निकै महŒवपूर्ण छ,’ उनले भने । विद्युत् आपूर्ति नभएको समयमा विकल्पको रूपमा ४७ लिटरका दुईओटा अक्सिजन सिलिन्डर स्वचालित रूपमा सञ्चालन हुनेगरी अक्सिजन मिनी प्लान्ट जडान गरिएको हो । यस्तो अक्सिजन मिनी प्लान्ट हुने थबाङ नै पहिलो रहेको राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर राईले बताए । कोरोना महामारीको समयमा थबाङमा अक्सिजन प्लान्ट जडान गर्न थबाङ–२ का महेश कालामगर, उमेश बुढामगरले विशेष पहल गरेका थिए । साथै आविष्कार केन्द्रका किशोर रिमाल र दानबहादुर घर्तीसँग थबाङ गाउँपालिका स्वास्थ्य शाखाले समन्वय गरेपछि मिनी प्लान्ट स्थापना हुन सकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले बताए । जडित अक्सिजन मिनी प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यसअघि केन्द्रले स्याङ्जा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ । गाउँपालिकाद्वारा २० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा रहेको छ । ११ ओटा बेडमा उक्त अक्सिजन मिनी प्लान्टबाट अक्सिजन प्रवाह गर्न सकिने बताइएको छ । यसअघि केन्द्रले थबाङ आइसोलेशनलाई ५ लिटर क्षमताका ५ ओटा अक्सिजन कन्सन्ट्रेटर र पहिलो लहरको कोरोनाकालमा ८ थान पिपिई सेट सहयोग गरेको थियो ।

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । सा...