रानीवन गोल्डकप प्रतियोगिताका लागि एक लाख सहयोग

सिमकोट – पहिलो जिल्लास्तरीय रानीबन गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख नगद सहयोग गरेका छन्। गोल्ड कप आयोजक रानीवन युवा क्लवले आर्थिक अभाव भएका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ भएको भनाइ राखेसँगै उनले उक्त रकम सहयोग गरेका हुन्। क्लबका अध्यक्ष नवीन रोकायाले गोल्डकप नै आर्थिक सहयोग जुटाएर सञ्चालन गर्नुपर्ने बाध्यता […]

सम्बन्धित सामग्री

नेपाल–बेलायत फुटबल प्रतियोगिताका लागि नेपाली व्यवसायी लामिछानेको १० लाख सहयोग

बेलायतको लन्डन बस्दै आएका नेपाली व्यवसायी एवं समाजसेवी रवीन्द्रजंग लामिछानेले नेपाल र इंग्ल्यान्डबीच

‘उत्पादनमूलक र निर्यातमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ’

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युटले संयुक्तरूपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कृत गरिएको छ ।  कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमका विषयमा धारणा राखे । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजीक्षेत्रलाई उत्साहित बनाउनुपर्ने उनले सुझाए ।  सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै, विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्न सरकारले निजीक्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा, व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा समिटको दौरान भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, प्रतिनिधिसभाका सदस्यज्यूहरु, राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिवहरू, विभिन्न संघ/संस्थाका नेतृत्व, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यबद्धता समेत समेटिएको छ ।  कार्यक्रमको विषयमा नेपाल बिजनेश इन्स्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए ।  कार्यक्रममा मन्तव्य राख्दै मन्त्री रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालालाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको बताए । उनले आर्थिक जगतका विविध विषयलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारलाई सम्मान गर्न पाउँदा गर्वित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा सहयोग गर्ने अपेक्षा व्यक्त गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले आर्थिक पत्रकारलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्राडा कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभएको थियो ।  समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५ भित्र पर्न सफल लेखका सर्जकलाई पुरस्कृत गरिएको छ । प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमश: प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान प्राप्त गर्दै क्रमश: नगद एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । थप १० उत्कृष्ट लेखका सर्जक पत्रकारहरू कमलबहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मतबहादुर नेपाली र वेणुप्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद १० हजार र प्रमाणपत्र पाए ।  सिबिफिनका सचिव कुशप्रसाद मल्लीले सञ्चालन गरेको कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सञ्चालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष, नेपाल वित्तीय संस्था संघका प्रतिनिधिलगायत विभिन्न संघ/संस्थाका नेतृत्व तथा प्रतिनिधि, बैंकर्स, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।   ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।&n

पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ प्रतियोगिता

वीरगञ्ज (अस) । पर्सा राष्ट्रिय निकुञ्जका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि निकुञ्जमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ । महाशिवरात्रि र नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको वीरगञ्ज महानगरपालिकामा नगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए । बारा पर्साका प्रतियोगीहरूको सहभागिता रहेको प्रतियोगितामा साइक्लिङ गर्ने दूरी ३९ किलोमिटर रहेको नेपाली सेना सिद्धिबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङले जानकारी दिए । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख सरावगीले पर्यटनको नयाँ गन्तव्यको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताए । पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्यको खाँचो समेत उनले औंल्याए । वीरगञ्ज क्षेत्रको सबैभन्दा नजिकको पर्यटकीयस्थल पर्सा राष्ट्रिय निकुञ्जलगायत आसपासका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा उनले जोड दिए । साथै नेपालको प्रमुख प्रवेशद्वार भएको वीरगञ्ज महानगरपालिकाले यसबाट फाइदा लिन सक्ने विश्वास उनले व्यक्त गरे । वीरगञ्ज भएर नेपाल भित्रिने पर्यटकलाई पर्सा निकुञ्जबारे पर्याप्त जानकारी गराउनुपर्ने र उनीहरूलाई कम्तीमा २ दिन वीरगञ्जका होटलमा राख्न सके होटल व्यवसायको प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुग्ने सरावगीले बताए । महानगरपालिकाले उक्त प्रतियोगिताका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो । उद्घाटनमा मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङलगायत सहभागी थिए ।

गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी (एमएमसी) लाई १० लाख  रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहबरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङ मर्स्याङ्दीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।पोखरामा आयोजना हुन लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । मनाङ मर्स्याङ्दीलाई सहयोग स्वरुप प्रदान गरिएको रकम प्रदे