म्याग्दी : म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको काम ढिलासुस्ती भएको भन्दै स्थानीयले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि काम तीव्र गतिमा अघि बढेको छ।केही महिनाअघि स्थानीयले नेपाली कांग्रेसका नेतासमेत रहेका आयोजनाका ठेकेदार जिपछिरिङ लामाको फोटो पोलमा टाँसेर विरोध गरेका थिए। त्यसपछि ठेकेदारले आगामी चैतभित्र कालोपत्रे गर्ने गरी कामलाई तीव्रता दिएको हो।निर्माणको जिम्मा लिएको सहायक ठेकेदारले सडक अलपत्र पारेपछि मुख्य ठेकेदारलाई दबाब दिइएको थियो।