म्याग्दी - म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ ।
मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पर्खाल निर्माण गरेर मर्मत गरेपछि सडक खुलेको जानकारी दिनुभयो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण अझै पनि तीन वटा मुख्य सडक पूर्ण र १२ वटा आंश...