नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भारत भ्रमण अहिले चर्चा र चासोको विषय बनेको छ। उनको यो भ्रमणलाई अर्थपूर्ण बताएर मिडिया लगायत कतिपय राजनीतिक व्यक्तित्व ले सनसनीपूर्ण बनाउन खोजेको देखिन्छ। विशेष गरेर समकालीन राजनीति परिदृश्यमा अपेक्षाकृत रूपमा कमजोर देखिएका कमल थापा र रवीन्द्र मिश्रले परम्परागत भारत विरोधी राष्ट्रवादको भय उत्पन्न गरेर प्रचण्डको भ्रमणलाई शङ्कास्पद बनाउन अप्रत्यक्ष […]