३ असोज, वीरगञ्ज । नारायणी अस्पतालमा एक दिन औषधि सकियो, अस्पतालका नर्स मधेश आन्दोलनका अगुवा नेताहरुलाई फोन गरेर हैरान भए, तर कसैको पनि फोन उठेन । मधेश आन्दोलनका घाइते बगहीका मुन्सी पटेल भन्छन्, ‘चुनावअघि प्रायः भेट्न आइरहने नेताहरु चुनाव जितेपछि भेट्न आउन छाडेका छन् । जरुरी परेर फोन गरे पनि कतिपय नेताले फोन उठाउँदैनन् ।’ […]