समावेशीकरणका क्षेत्र
१. समावेशीकरणका क्षेत्रहरू के–के हुन् ? छोटो चर्चा गर्नुहोस् ।
राज्य संयन्त्रमा सबैको पहिचान, प्रतिनिधित्व एवम् सहज पहुँच गराउने कार्य समावेशीकरण हो । यसको प्रमुख क्षेत्र राजनीति हो । राजनीतिक पार्टीको पार्टीगत पद, निर्वाचन हुने पद एवम् मन्त्री पदमा समावेशीकरण गर्न सकिन्छ । यीबाहेक समावेशीकरणका अरू क्षेत्र निम्न छन् ः
क. प्रशासनिक क्षेत्र ः
– निश्चित समयसम्म प्रशासनका पदमा समावेशीकरण गर्न सकिन्छ । आरक्षण, सकारात्मक विभेद आदिको व्यवस्था गरेर यो गर्न सकिन्छ । नेपालमा हाल यही व्यवस्था गरिएको छ ।
ख. आर्थिक क्षेत्र ः
– कर छुट, ऋण सुविधा, भूमिको न्यायोचित वितरण, सामाजिक सुरक्षा आदिको व्यवस्था गरेर समावेशीकरण गर्न सकिन्छ ।
ग. सामाजिक क्षेत्र ः
– सामाजिक सुरक्षा, रोजगारी, सामाजिक विभेद एवम् हिंसाको अन्त्य गरेर समावेशीकरण गर्न सकिन्छ ।
घ. शैक्षिक क्षेत्र ः
– निःशुल्क शिक्षाको व्यवस्था, पोसाक एवम् पुस्तक वितरण आदि मार्फत समावेशीकरण बढाउन सकिन्छ ।