प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशका ‘हेबीवेट’ नेताहरूबीचको प्रतिस्पर्धाले यहाँका तीन क्षेत्रमा धेरैको चासो छ । रोचक प्रतिस्पर्धा हुने क्षेत्रहरूमध्ये कैलाली ४, दार्चुला र बाजुराको प्रतिस्पर्धाले धेरैको चासो बढाउने धेरेको अनुमान छ । एमालेका युवा नेता विनय शाहको विचारमा पनि ती तीनवटा निर्वाचन क्षेत्रका प्रतिस्पर्धाहरू रोचक हुन सक्छन् ।