सेनाद्वारा दार्चुला–टिंकर ७५ किमि सडक निर्माण

धनगढी – नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो। १४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका […]

सम्बन्धित सामग्री

सेनाद्वारा सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण सम्पन्न

काठमाडौँ – नेपाली सेनाले सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण सम्पन्न गरेको छ। मन्त्रिपरिषद्को ०७७ साल वैशाख १४ गतेको निर्णयबमोजिम दार्चुला–टिंकर सडक कोठेधार–टिंकरखण्ड) को ७५ किमि सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान गरिएको थियो। सोही मितिको २८ गतेबाट उक्त स्थानमा परिचालन भई ०७७/७८ मा सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण सम्पन्न भएको हो। साथै, ०७८ साल […]

टिंकर सडकको कछुवा गति

सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा जोड्ने रणनीतिक सडक निर्माण सुस्त भएपछि स्थानीय चिन्तित छन् ।

सेनाले थाल्यो टिंकर सडक निर्माण प्रक्रिया

पश्चिमी त्रिदेशीय सीमा जोड्ने व्यास गाउँपालिकाको टिंकर जोड्ने सडक निर्माण प्रक्रिया नेपाली सेनाले बल्ल सुरु गरेको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडक खण्डको ८७ किलोमिटर ट्र्याक खोल्न सरकारले गत वैशाखमा सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

सेनाको विकास निर्माण टोली दार्चुलामा, 'स्पेसल फोर्स' पनि आउँदै

दार्चुला : दार्चुला-टिंकर सडकको घाटी बगरदेखि उत्तरतर्फ सडक निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको विकास निर्माण टोली सदरमुकाम खलंगा आइपुगेको छ। चारवटा कन्भेसहित महासेनानी रमेश गुरुङको टोली खलंगा पुगेको हो। करिब २ सय जनासहित निर्माण क्षेत्रमा खटिने उक्त टोलीको पहिलो टोली खलंगा पुगेको दुर्गा दल गुल्मका गुल्मपति विक्...