नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउने दावी गरेका छन् । साथै उनले कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडूलाई दार्चुला नफर्कन सुझाव समेत दिएका छन् । बिहीबार दार्चुला सदरमुकाममा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग एमालेले फिर्ता ल्याउने भन्दै मन्त्री समेत रहेका कांग्रेस नेता बडु मन्त्री भएर पनि दार्चुलालाई नहेरेको र मिचिएको भूमि फिर्ता ल्याउने कुनै प्रयास नगरेको भ